Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • साढे ६ क्विन्टल रक्त चन्दनसहित कपिलवस्तुबाट आठ जना पक्राउ

    साढे ६ क्विन्टल रक्त चन्दनसहित कपिलवस्तुबाट आठ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.3K
    SHARES

    कपिलवस्तु । प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ ।

    अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।



    कपिलवस्तु प्रहरीका अनुसार लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको छ ।



    कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

    रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार