Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • लाइसेन्स सेटिङको भ्रष्टाचार मुद्दामा यातायातका १७ कर्मचारी र दुई प्रहरीलाई सफाइ

    लाइसेन्स सेटिङको भ्रष्टाचार मुद्दामा यातायातका १७ कर्मचारी र दुई प्रहरीलाई सफाइ

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । परीक्षामा अनुत्तिर्णलाई आर्थिक चलखेलमा लाइसेन्स दिएको भ्रष्टाचार मुद्दामा संलग्न १७ कर्मचारी र दुई प्रहरीले विशेष अदालतबाट सफाइ पाएका छन् ।

    यातायात ब्यवस्था कार्यालय, नेपालगञ्जका कर्मचारी र प्रहरीले बुधबार सफाइ पाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पबन सुबेदीसहित १७ कर्मचारीलाई प्रतिवादी बनाएको थियो । जसमा तत्कालीन शाखा अधिकृतद्वय सिताराम खनाल र डेकराज पोखरेल, ध्रुवराज देवकोटा प्रतिवादी थिए ।



    नायब सुब्बाहरू ललित बहादुर वली, केशबराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय (न्यौपाने), अरुण कुमार गौतम, धर्मदत्त चौलागाई, डिलाराम खरेल, ओम बहादुर बस्नेत, गणेशमान आचार्य, सावित्री पौडेल पनि प्रतिवादी रहेकोमा उनीहरुले समेत सफाइ पाएका छन् ।



    खरिदार चन्द्रमणी नेपाली र केशर कुमार चपाई तथा हलुका सबारी चालक ध्रुवराज अर्याल पनि यसमा प्रतिवादी थिए । यो मुद्दामा प्रहरी सहायक निरीक्षक (असई) प्रकाश पुन र प्रहरी जबान ओम प्रसाद देबकोटालाई समेत अख्तियारले मुद्दा दायर गरेकोमा उनीहरुले पनि सफाइ पाएका छन् ।

    यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षाको नतिजामा कार्यालय प्रमुख सुवेदीले परीक्षा समितिको बैठक नै नबसी सदस्यहरुलाई भूमिकाविहीन बनाएको, परीक्षा समितिको अध्यक्षको हैसियतमा कार्य नगरी आफूखुसी मौखिक आदेशमा समेत उत्तरपुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरी लाइसेन्स दिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार