Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सम्पत्ति शुद्धीकरणमा दोषी सिंहलाई दुई करोडभन्दा बढी जरिवाना, तीन वर्ष कैद सजाय

    सम्पत्ति शुद्धीकरणमा दोषी सिंहलाई दुई करोडभन्दा बढी जरिवाना, तीन वर्ष कैद सजाय

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 681
    SHARES

    काठमाडौं । अकुत आर्जनले अर्कोको नाममा घरजग्गा कारोबार गर्ने सुनिलकुमार सिंहलाई दुई करोड २६ लाख रुपैयाँ जरिबाना र तीन वर्ष कैदको फैसला सुनाइएको छ ।

    विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै दुई करोड २६ लाख ३९ हजार ७०२ रुपैयाँ जरिबाना र तीन वर्ष कैदको फैसला सुनाएको हो ।



    न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अकुत आर्जनको पैसाले मीना कार्कीको नामबाट घरजग्गा कारोबार गर्ने सिंहलाई यही फागुन १५ गते दोषी ठहर गरेको थियो ।



    बिहीबारको इजलासले सजाय निर्धारण गरेको हो । साथै सिंहले कार्कीको नामबाट कारोबार गरेको देखिँदा मतियार ठहर गर्दै उनका नाममा रहेको जग्गा र बैंकमा संयुक्त खातामा रहेको रकम जफत हुने फैसला भएको छ ।

    सिंहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति घरजग्गा कारोबारमा लगाएको पाइएको अदालतले जनाएको छ ।

    सम्पत्ति शुद्धीकरण विभागले अपहरण तथा शरीर बन्धक गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सिंह र मिना कार्कीविरुद्ध विशेष अदालतमा २०७९ फागुन २४ गते मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार