Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • क्यानद्धारा टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

    क्यानद्धारा टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 351
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरेको छ ।

    आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपका लागि क्यानले आज नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो।



    निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ। यस्तै नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ।



    बीचमा नेपाल लेखिएको छ । बीचको भागको रंग निलो छ ।कलर अर्थात् घाँटीको भाग रातो रंगमा छ । दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा छ ।

    विश्वकप नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार