Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मेयर कप क्रिकेट : काठमाडौँ-११द्वारा एपिएफलाई १७८ रनको लक्ष्य

    मेयर कप क्रिकेट : काठमाडौँ-११द्वारा एपिएफलाई १७८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ। काठमाडौैँमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सामु जितका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    मूलपानी क्रिकेट मैदानमा एपिएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको हो ।



    काठमाडौँ मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७७ रन बनायो ।



    काठमाडौँ मेयर ११ का लागि सन्दीप रजालीले ४८, हरिशङ्कर साहले ३६, विक्रम भुसालले २०, खड्ग बोहराले १३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन बनाए।

    बलिङतर्फ एपिएफका अविनाश बोहरा र कमलसिंह ऐरीले तीन–तीन तथा वसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले एक–एक विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार