Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अपहरणमा संलग्न ६ जना सार्वजनिक

    अपहरणमा संलग्न ६ जना सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 1.4K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    कपिलवस्तु नगरपालिका ४ मलपरवाका ३७ वर्षे विनित मिश्रा बुधबार बिहान ११ बजेतिर तौलिहवास्थित बहादुरगंज चोकबाट अपहरणमा परेका थिए ।



    उनलाई अपहरण गरेको आरोपमा बागलुङ गलकोट नगरपालिका-१ घर भई काठमाडौं बस्ने ३८ वर्षको सागर कुबर, रुपन्देही बुटवल उपमहानगरपालिका-७, शिवनगर बस्ने सागर गुरुङ र बुटवल उपमहानगरपालिका-१३, बेलवास बस्ने ३३ वर्षका ओम बराललाई सार्वजनिक गरेको छ ।



    त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका-३, कर्माना बस्ने ४३ वर्षकी शान्ति लम्साल, अर्घाखाँची सन्धिखर्क नगरपालिका-२, बस्ने ३२ वर्षे प्रकाश नेपाली र रुपन्देही तिलोत्तमा नगरपालिका-९, बस्ने ३४ वर्षका तुल्सी बनलाई पनि सार्वजनिक गरेको छ ।

    मिश्रालाई बाटोबाटै समातेर दुईवटा हात बाँधेर जबजस्ती कत्था रंगको सानो कारमा राखेर बुटवल लागिएको थियो । उनीहरुमाथि अदालतबाट ५ दिनको म्याद थपेर कपिलवस्तु प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार