Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कतारबाट काठमाडौं उत्रिएलगत्तै विमानस्थलबाटै अपहरणमा परे यादव

    कतारबाट काठमाडौं उत्रिएलगत्तै विमानस्थलबाटै अपहरणमा परे यादव

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपहरणमा परेका राजविराजका सितेन्द्र यादवलाई प्रहरीले उद्धार गरेको छ ।

    कतारबाट काठमाडौं उत्रिएलगत्तै अपहरणमा परेका विमानस्थलबाट अपहरणमा परेका यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलवार बिहान सिनामंगलबाट उद्धार गरेको हो ।



    साथै अपहरणमा संलग्न अजिम अली र सलिम अलाहीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।



    यादवलाई कोठामा पुर्‍याएपछि उनीहरूले उनकी श्रीमतीलाई फोन गरेर ४ लाख ८० हजार रुपैयाँ फिरौती मागेका थिए ।​

    यादवलाई कोठामा लगेर हात खुट्टा बाँधेर राखिएको अवस्थामा ​सिनामंगलबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार