Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लेनदेनको विषयलाई लिएर अपहरणको नाटक गर्ने ६ जना प्रहरीको फन्दामा

    लेनदेनको विषयलाई लिएर अपहरणको नाटक गर्ने ६ जना प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 816
    SHARES

    काठमाडौं । काठमाडौंमा अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १३ का ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा घर भई नैकाप बस्ने ३३ वर्षीय दिलिप विक, सर्लाही बरथवा ६ घर भई बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेको खनियाखोला ११ का ४२ वर्षीय जगतबहादुर भोलान, बनेपाका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ थाक्रे ५ घर भई कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन् ।



    चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्ट अगाडिबाट मानिस अपहरणमा परेको प्रहरीलाई जानकारी आएको थियो ।



    सूचनापछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली खटिएको थियो । तर अनुसन्धानका क्रममा अपहरणको घटना नै नभएको खुलेको थियो ।

    अनुसन्धानका क्रममा उनीहरुले लेनदेनको विषयलाई लिएर अपहरणको नाटक गरेको देखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार