Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चार जना पक्राउ

    कक्षामा सधैँ प्रथम भएको रिसमा विद्यार्थीले गरे आफ्नै साथीको अपहरण

    कक्षामा सधैँ प्रथम भएको रिसमा विद्यार्थीले गरे आफ्नै साथीको अपहरण

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 1K
    SHARES

    पर्सा । पर्सामा एउटै कक्षामा पढ्ने चार बालकले आफ्नै साथीको अपहरण गरेका छन् ।

    कक्षामा सधैँ प्रथम हुने गरेकाले सोही रिसका कारण प्रतिस्पर्धी विद्यार्थीहरुले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाएका हुन् ।



    ती बालकलाई अपहरण गरेको आरोपमा उनकै चारजना साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका बालकहरुलाई अपहरण तथा शरिर बन्धक कसूरमा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमतिसमेत दिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार