Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष गुरुङ पक्राउ

    बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष गुरुङ पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 705
    SHARES

    लमजुङ । बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष खुसीजंग गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गुरुङविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाएको हो ।

    वडाध्यक्ष गुरुङले वैशाख ९ गते रातिको समयमा कुटपिट गर्दा बेंसीसहर नगरपालिका ७, सहजीका सुनिल थापा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।



    पीडित थापाले शौचालय गएर फर्किने क्रममा आफूमाथि वडाध्यक्षलगायतले सिसा प्रहार गर्नुका साथै कुटपिट गरेको बताएका छन् ।



    पीडित परिवारले कुटपिटमा संलग्न अन्यका विरुद्ध उजुरी दिए पनि प्रहरीले पक्राउ नगरेको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार अभद्र व्यवहारको कसुरमा अनुन्धान भइरहेको छ ।

    उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट बुधबार दिन ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार