Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • माताको भेषमा मन्दिरमा गएर मूर्ति ‘चोर्ने’ तीन महिला पक्राउ

    माताको भेषमा मन्दिरमा गएर मूर्ति ‘चोर्ने’ तीन महिला पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 960
    SHARES

    फाइल तस्विर

    तुलसीपुर । प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

    माताको भेषमा गएर मूर्ति चोरी गरेको आरोपमा तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।



    उनका अनुसार आज दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो ।



    उनीहरू तीनै जनाले आफूहरू माता रहेको र भगवान्‌ले दिएको भन्दै मूर्ति र घण्टी ल्याएको दाबी गरेका छन् ।

    मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले उनीहरूविरुद्ध जाहेरी दिन लागिएको बताए । उनीहरूमाथि सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार