Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विदेश पठाउने नाममा ठगी धन्दा : ४२२ जनाबाट ३ करोडभन्दा बढी ठगी !

    विदेश पठाउने नाममा ठगी धन्दा : ४२२ जनाबाट ३ करोडभन्दा बढी ठगी !

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 516
    SHARES

    काठमाडौं । प्रलोभन देखाएर विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहका सदस्यहरू पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।



    यस गिरोहका मुख्य अभियुक्त धादिङका रमेश बयलकोटी रहेको र यो गिरोहले ४२२ जनासँग ३ करोडभन्दा बढी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।



    उनीहरुले न्युजिल्यान्ड, रोमानिया, थाइल्यान्डलगायत मुलुकमा पठाउने नाममा उनीहरूले ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

    भिसा प्लस कन्सल्टेन्सीका नाममा ठगी धन्दा चलाउँदै आएको गिरोहले न्युजिल्यान्ड पठाउने नाममा जनही १७ तथा रोमानिया पठाउने नाममा ७ लाखसम्म ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार