Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चर्को आवाजमा डीजे बजाउने दुईजना पक्राउ

    चर्को आवाजमा डीजे बजाउने दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 591
    SHARES

    बारा । बारामा चर्को आवाजमा डिजे बजाउने दुईजना साउण्ड सिस्टमसहित पक्राउ परेका छन् ।

    जिल्लाको कलैया उप–महानगरपालिका कलैया बजार एरियामा ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा डिजे बजाउँदै रहेको अवस्थामा गए राति ९ बजे बजरंग डिजे बडकी फुलबरीयाका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका १० का २५ वर्षीय नागिन्द्र राय भट्ट र देवताल गाउँपालिका १ का ५० वर्षीय जयराम सिंह रहेका बारा प्रहरीले जनाएको छ ।



    चर्को आवाजमा डीजे बजाउँदा मानव स्वास्थ्य माथि नकारात्मक प्रभाव पर्ने भएकाले बारा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार