Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जेलमा चिनेको साथीसँग मिलेर दुई युवकको अपहरण, ५० लाख फिरौती माग्ने सन्तोष पक्राउ

    जेलमा चिनेको साथीसँग मिलेर दुई युवकको अपहरण, ५० लाख फिरौती माग्ने सन्तोष पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 948
    SHARES

    विराटनगर । सुनसरीका दुई युवकको अपहरण गरी फिरौती लिएको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।



    भारतीय गिरोहसँग मिलेर चिनजानकै साथीको अपहरण गरेको आरोपमा प्रहरीले उनलाई असार २५ गते सुनसरीको बराहक्षेत्र–१ स्थित झण्डा चोकबाट पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय सुनसरीले बस्नेतले भारतीय नागरिक इम्तियाजसहितको गिरोहसँग मिलेर बराहक्षेत्र नगरपालिका-५ का १९ वर्षका सौगात भण्डारी र २२ वर्षका छविलाल आचार्यको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

    अपहरणकारीले बन्धक बनाएर राखेको भोलिपल्ट वैशाख २६ गते सौगातका बाबुलाई फोन गरेर ५० लाख रुपैयाँ फिरौती मागेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार