Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अपहरणमा परेका वडाध्यक्षका १० वर्षे छोराको सकुशल उद्धार, संलग्न तीनजना पक्राउ

    अपहरणमा परेका वडाध्यक्षका १० वर्षे छोराको सकुशल उद्धार, संलग्न तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 1.4K
    SHARES

    विराटनगर । मोरङमा अपहरणमा परेका एक जना बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । जहदा गाउँपालिका वडा नम्बर १ बाट मंगलबार दिउँसो ३ बजेतिर १० वर्षीय धनीधर राजवंशी अपहरणमा परेका थिए ।

    विद्यालयबाट आएर घर नजिकको कोचागरा मन्दिरमा साथीहरूसँग खेल्न निस्किएका बेला उनी अपहरणमा परेका हुन् । ती बालक जहदा १ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा रहेको बताइएको छ ।



    सो अपहरणमा संलग्न तीन जनालाई पनि जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा-१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर-१८ का २१ वर्षीय विवेकानन्द यादव छन् ।



    इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्दीप बेलबासे र इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी नायव निरीक्षक (सई) विजय बस्नेतको नेतृत्वमा खटिएको संयुक्त टोलीले विराटनगर १८ बाट बालकको उद्धार गरेको हो ।

    उनीहरुले ‘भारत पुर्‍याएर बालकलाई बन्धक बनाउँदै अभिभावकसँग फिरौती रकमको ‘बार्गेनिङ’ गर्ने योजना बनाएजस्तो देखिएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार