Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीद्वारा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण

    राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीद्वारा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

    निरीक्षण भ्रमणको क्रममा सुरक्षा सल्लाहकार बैरागीले राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षाका सम्बन्धमा समयमै सम्बोधन गर्न निर्देशन दिएका छन् ।





    बैरागीले सम्पूर्ण सुरक्षा निकाय लगायत सरोकारवाला निकायहरुबीच एकीकृत आपसी समन्वयका साथ सहकार्य आवश्यक रहेको बताए । उनले राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने र राष्ट्रिय सूचना प्रणालीको सुरक्षातर्फ पनि सचेत हुन जरुरी रहेको बताए ।

    सशस्त्र प्रहरी बल नेपालले देशको सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आईरहेको उनको भनाई छ । सुरक्षा सल्लाहकार बैरागीले सीमा सुरक्षा तथा व्यवस्थापनमा अझबढी प्रविधि तथा डिजिटल बोर्डरको अवधारणालाई समेट्दै अघि बढ्नुपर्ने बताए ।

    बैरागीले प्रधान कार्यालयबाट सम्पादन भइरहेका विविध गतिविधि तथा कामकारवाहीहरुको जानकारी लिएका थिए । उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको अवलोकन समेत गरेका थिए ।

    उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा बाहिनी मुख्यालयका बाहिनीपतिहरुसँग प्रत्यक्ष भीडियो मार्फत राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरुमा छलफल तथा अन्तरक्रिया गरेका थिए ।

    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्र र नागरिकको सेवा र सुरक्षामा परिचालित सशस्त्र प्रहरी बल नेपालले नेपाली जनताले अपेक्षा गरे बमोजिमको सुरक्षा प्रदान गर्दै आएको दाबी गरे । उनले नेपालको भौगोलिक सीमाभित्र मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षामा समेत आफ्नो उपस्थिती जनाउँदै आइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार