Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

    कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 996
    SHARES

    काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको छ ।

    नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।



    न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो ।



    यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् । सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए ।

    थुनछेक बहसपछि ०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार