Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

    पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 561
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

    रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा आलम लगायतका ११ जनाविरुद्ध दायर रिटमा आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो ।



    यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो ।



    अदालतको आदेश बमोजिम मंसिर २४ वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन ।

    २०७६ साल कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा आलमसहित ११ जना थुनामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार