Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा

    अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दा स्थगितको सूचीमा परेको छ ।

    फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो।



    २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज जिल्ला अदालत रौतहटका पेसी तोकिएको थियो ।



    रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो ।

    ७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार