Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोहम्मद आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

    मोहम्मद आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ ।

    आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको एक इजलासले गैरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग बुझ्ने आदेश गरेको हो ।



    साथै सरकारी साक्षी तथा गवाह बुझ्ने गरी पनि न्यायाधीश आचार्यको इजलासले आदेश दिएको छ ।



    वि.सं. २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।

    २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका आलममाथि लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार