Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफताब आलमसहितको मुद्दा न्यायाधीश आचार्यको इजलासमा

    अफताब आलमसहितको मुद्दा न्यायाधीश आचार्यको इजलासमा

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 513
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विरुद्धको मुद्दामा जिल्ला अदालत रौतहटमा आज अन्तिम सुनुवाइ हुने भएको छ ।

    ४ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो । सुनुवाइका लागि मुद्दाको पेशी न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा तोकिएको छ ।



    यसअघि पुस २९ गते सुनुवाइका लागि पेशी तोकिए पनि न्यायाधीश अभाव हुँदा सो दिन मुद्दा स्थगनको सूचीमा राखिएको थियो।



    त्यसअघि आलमको मुद्दामा जिल्ला अदालत रौतहटले लिखित ‘बहस नोट’ मागेको थियो। । न्यायाधीश बाबुकाजी बानियाँको इजलासले लिखित बहस नोट मागेको हो ।

    संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो । सोही विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको उनीमाथि आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार