Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेश गर्न आदेश

    अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेश गर्न आदेश

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 903
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ भइरहेको छ ।

    २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो ।



    अदालतले इँटाभट्टामा जिउँदै मानिस जलाएको मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको छ ।



    यो मुद्दा नेपाल सरकारले एक पटक मुद्दा नचलाउने निर्णय गरिसकेको तर सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेर अघि बढाउने आदेश दिएको थियो । बुधबार इजलासले सो मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेश गर्न जिल्ला अदालत प्रशासनलाई आदेश दिएको छ ।

    यस्तै अदालतका कर्मचारीहरुलाई मुद्दाको सार संक्षेपीकरण बनाएर इजलासमा पेस गर्न पनि आदेशमा भनेको छ। यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार