Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

    गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 435
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई चार रनले पराजित गरेको छ ।

    गएराति भएको खेलमा दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।



    गुजरातका साइ सुदर्शनले ६५ रन बनाए । यस्तै डेभिड मिलरले ५५ रन जोडे । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । उसका कप्तान ऋषभ पन्तले ८८ रन बनाए भने अक्षर पटेलले ६६ रन जोडे ।



    जारी आइपीएलमा समान ९ खेलमा ८ अङ्कसहित दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार