Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सशस्त्र प्रहरीले गर्‍यो २०७ बोरा अवैध चिनी बरामद

    सशस्त्र प्रहरीले गर्‍यो २०७ बोरा अवैध चिनी बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 663
    SHARES

    बुटवल । रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद गरिएको छ । बिहीबार सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याएको चिनी बरामद गरेको हो ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ स्थित गोदाम बनाएर नेपाली चिनी मिलहरूको बोरामा प्याकिङ गरिरहेको अवस्थामा उक्त चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।



    यस्तै १ थान बोरा सिलाउने मेसिन पनि बरामद गरिएको छ ।



    उक्त चिनीको मूल्य रु ६ लाख ६६ हजार २ सय ५० र मेसिनको मूल्य रु १० हजार गरी रु ६ लाख ७६ हजार २ सय ५० भन्सार दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार