Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीन सय ४० बोरा अवैध चिनी बरामद

    तीन सय ४० बोरा अवैध चिनी बरामद

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 897
    SHARES

    सुर्खेत । प्रहरीले तीन सय ४० बोरा अवैध चिनी बरामद गरेको छ। बुधबार बिहान साढे ८ बजेको समयमा भेरीगंगा नगरपालिका–५ बबईबाट चिनी बरामद गरेको हो ।

    बबई चेक प्वाईन्टमा खटिएको ६ जनाको प्रहरी टोलीले कैलालीदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख ३०४१ नम्बरको ट्रकलाई चेक जाँच गरेको थियो ।



    उक्त ट्रकमा भ्याटबिल, अनलाइन बिल भएको र भन्सारको काजगपत्र नभएको प्रहरीले फेला पारेपछि बरामद गरेको हो ।



    प्रतिबोरा ५० किलो रहेको तीन सय ४० बोरा अर्थात् १७ टन चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।

    साथै प्रहरीले ट्रक, ट्रक चालक लम्किचुहा नगरपालिका–२ कैलालीका ४३ वर्षीय को नेत्रबहादुर शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार