Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ९० लाख रुपैयाँको ‘अवैध’ चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा

    ९० लाख रुपैयाँको ‘अवैध’ चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 780
    SHARES

    काठमाडौं । पश्चिम नवलपरासीमा अवैध चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिइएको छ ।

    जिल्लाको प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा–परासी राजमार्गबाट सशस्त्र प्रहरीले बुधबार करिब ९० लाख रुपैयाँबराबरको ८४० बोरा अवैध चिनीसहित दुई ट्रक नियन्त्रणमा लिएको हो ।



    ना६ख २१९७ र लु१ख ९८७१ नम्बरको ट्रकमा लोड गरिराखेको उक्त चिनी र ट्रक बरामद गरिएको हो ।



    बरामद गरिएको चिनी र ट्रक आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार