Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भन्सार छलीको करिब १२ लाखको चिनी बरामद, दुईजना पक्राउ

    भन्सार छलीको करिब १२ लाखको चिनी बरामद, दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 1.3K
    SHARES

    बुटवल । भारतीय नाका हुँदै अवैधरूपमा भन्सार छलेर ल्याएको चिनी इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटेको टोलीले बरामद गरेको छ ।

    रुपन्देहीको मायादेवी गाउँपालिका-५ पर्सहवाबाट भन्सार छलेर अवैधरूपमा चिनी ल्याउँदै गरेको अवस्थामा बुटवल उपमहानगरपालिका वडा-२ का ३२ वर्षीय ईश्वर भुसाल र बुटवल उपमहानगरक वडा १३ का २० वर्षीय अर्जुन कुँवरलाई प्रहरीले नियन्त्रण लिएको हो ।



    उनीहरू सवार लु२च २४ नम्बरको बोलेरो पिकअप गाडीमा लुकिछिपी ल्याउँदै गरेको ५६ बोरा चिनीसहित दुई जना युवालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बुधबार विहान २ बजे प्रहरीले उनीहरूलाई चिनीसहित प्रक्राउ गरिएको हो ।



    बरामद गरिएको उक्त चिनीको बजार मुल्य ११ लाख ८२ हजार रुपैयाँ रहेको र भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार