Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • निलम्बित प्रधानन्यायाधीशसँग आज थप बयान लिँदै महाभियोग सिफारिस समिति

    निलम्बित प्रधानन्यायाधीशसँग आज थप बयान लिँदै महाभियोग सिफारिस समिति

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 933
    SHARES

    काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ ।

    बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ ।



    बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए । यसअघि चोलेन्द्रसँग समितिले ४३ वटा प्रश्न सोधिसकेको छ।



    यसबीचमा बयानका क्रममा उनले आरोपित गरेका सात जना वकिलसँग समितिले बिहीबार बयान लिएको छ। यस्तै, उनले आरोपित गरेका ६ जना बहालवाला सर्वोच्चका न्यायाधीश र ४ जना पूर्वप्रधानन्यायाधीसलाई समितिले छलफलका लागि बोलाएपनि उनीहरु उपस्थित भएनन्।

    समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार