Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सर्वोच्चले माग्यो चोलेन्द्रविरुद्धको महाअभियोग सिफारिस समितिको प्रतिवेदन

    सर्वोच्चले माग्यो चोलेन्द्रविरुद्धको महाअभियोग सिफारिस समितिको प्रतिवेदन

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 693
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउन संसदको महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन माग गरेको छ ।

    संवैधानिक इजलासले संसदका महासचिव डा. भरतराज गौतमले प्रधानन्यायाधीश राणाविरुद्धको निलम्बन निष्प्रभावित भएको भन्दै दिएको पत्रविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै बुधबार संवैधानिक इजलासले कागजात मगाउन आदेश दिएको हो ।



    अघिल्लो संसदमा गठित महाअभियोग सिफारिस समितिले संसदको कार्यकाल सकिने अन्तिम दिन प्रतिवेदन बुझाएको थियो । अर्को संसदमा पेश गर्ने व्यवस्था गर्न सभामुखले भनेका थिए ।



    तर, अवकासमा जानुअघि चोलेन्द्रले निवेदन दिएपछि संसद सचिवालयले सर्वोच्च लगायत निकायलाई पत्र पठाउँदै चोलेन्द्रलाई सर्वोच्च फर्किने बाटो खोल्ने व्यवस्था गर्न भनेको थियो ।

    तर, त्यसविरुद्ध शाक्यले रिट दायर गरेसँगै सर्वोच्चको आदेशले नै रोकिएको थियो । लिखित आदेश भने बिहीबार मात्रै तयार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार