Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संसदका महासचिव गौतमले दिए सर्वोच्चलाई जवाफ

    संसदका महासचिव गौतमले दिए सर्वोच्चलाई जवाफ

    गौतमले भने - संवैधानिक इजलासमै पत्रबारे जानकारी गराउँछू

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिएका छन् ।

    महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी गराएको बारे सर्वोच्च प्रशासनले सोधेको प्रश्नको जवाफी पत्र पठाएका हुन् ।



    गत बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिँदै राणालाई कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेखेको थिए ।



    तर पत्रमा उनले स्पष्ट जवाफ दिएका छैनन् । गौतमको सो पत्रमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले कुन संविधान र कानुनको आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै उनीसँग जवाफ मागेका थिए ।

    पूर्ण इजलासले यो विषयमा कारण देखाऊ आदेश जारी गरेकाले उक्त जवाफसँगै प्रशासनको पत्रको जवाफ पनि दिने गौतमले बताएका छन् ।

    संघीय संसदका महासचिवले लेखेको सो पत्र कार्यान्वयन नगर्नु नगराउनु भन्दै यसअघि नै सर्वोच्चको संवैधानिक इजलासले फैसला गरिसकेको छ ।

    संवैधानिक इजलासले संसद सचिवालयका महासचिव गौतमलाई पत्र लेख्ने अधिकार नभएको उल्लेख गर्दै उनीद्वारा जारी पत्र तत्काल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिएको थियो ।

    महासचिवले लेखेको महाभियोग निष्क्रिय भएको पत्र कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार