Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई विगतको बयानमा हस्ताक्षर गराइँदै

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई विगतको बयानमा हस्ताक्षर गराइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 885
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदै छ ।

    यससँगै नेकपा एमालेको माग अनुुसार पुरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ ।



    जबरालाई पुरक प्रश्न सोध्न भन्दै आज बिहान समितिको बैठक बसेको थियो । आज बिहान ९ बजेदेखि नै पुरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो । सोही अनुसार अगाडि बढ्न खोज्दा जेष्ठ सदस्य रामबहादुर विष्टलाई एमाले सांसदहरुले रोकेका थिए ।



    सुरुमा बिगतमा चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरुले राखे ।

    राणाले यसअघि ४३ प्रश्नमा जवाफ दिएका थिए।

    अहिले प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले बिगतको बयानमा जबरालाई हस्ताक्षर गराउँदैछ । समितिका कर्मचारीहरुले विवरण पढिरहेका छन् भने त्यसमा जबराले आफूले बोलेको हो या होइन भनिरहेका छन् ।

    एमालेको प्रस्ताव अनुसार नै उनको बयान तयार गरेर हस्ताक्षर गरेपछि बैठक सुरु गर्ने सहमति समितिमा भएको छ।

    भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा महाभियोग माथिको छानविन प्रतिवेदन बुझाउने समितिको योजना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार