Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदको यसै अधिवेशनमा टुंगो लाग्छ : कानुनमन्त्री बन्दी

    जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदको यसै अधिवेशनमा टुंगो लाग्छ : कानुनमन्त्री बन्दी

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (गोविन्द बन्दी) विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताएका छन् ।

    सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले बजेट पारित गराउने पहिलो दायित्व भएकाले संसदमा सो महाअभियोग प्रस्तावबारे छलफल गराउने काममा केही ढिलाई हुन गएको जिकिर गरे ।



    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दवाव दिइरहेको छ ।



    मन्त्री कोइरालाले सो महाअभियोग प्रस्ताव संसदमा छलफल गराउनका लागि संघीय संसदको कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको जानकारी समेत दिए ।

    प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदको यसै अधिवेशनमा छलफल भएर टुंगो लाग्ने मन्त्री बन्दीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार