Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किन लागेपछि नेपाल बार र सर्वोच्च बारको संयुक्त धर्ना

    प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किन लागेपछि नेपाल बार र सर्वोच्च बारको संयुक्त धर्ना

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 858
    SHARES

    फाइल फोटो

    काठमाडौं । चोलेन्द्र शमशेर जबरा महाभियोग निष्क्रिय भएको पत्र लिएर प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतमा हाजिर हुने तयारी गरेपछि बार आन्दोलित भएको छ ।

    महाभियोग प्रस्ताव संसद्का कर्मचारीले निष्क्रिय गर्न नमिल्ने भएकाले चोलेन्द्रलाई स्वीकार्न नसकिने भन्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन संयुक्तरूपमा आन्दोलित बनेको हो ।



    उनी सर्वोच्च फर्किने भएपछि दुवै बारको स‌ंयुक्त आयोजनामा कानून व्यवसायीहरू सर्वोच्च अदालतको प्रवेशद्वारमा धर्नामा बसेका छन् ।



    धर्नामा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी छन् ।

    अहिले सर्वोच्च परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कानुन व्यवसायीहरूले चोलेन्द्रलाई सर्वोच्चमा जान नदिने चेतावनी दिएका छन् ।

    उता यही विषयमा निर्णय लिन सर्वोच्च फुलकोर्टको बैठक बसिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार