Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बयानका प्रत्येक पानामा हस्ताक्षर गर्दै चोलेन्द्र शमशेर

    बयानका प्रत्येक पानामा हस्ताक्षर गर्दै चोलेन्द्र शमशेर

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौ । महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महाभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गर्न थालेका छन्।

    नेकपा एमालेका सांसदहरुले राणाले समितिमा दिएको बयान उतारेर हस्ताक्षर गराउनुपर्ने माग गरेका थिए।



    पूरक प्रश्नका लागि राणालाई समितिमा बोलाइएको थियो। तर समितिका सदस्यहरुका बीचमा एकमत हुन नसकेपछि राणाले भदौ १५, १६, १९, २६ र २८ गते दिएको बयानलाई उतारेको पत्र (भर्बेटम) का सबै पानामा हस्ताक्षर गर्न लागेको र त्यसमा सचिवालयका कर्मचारीले पढेर सुनाउने अनि उनले सही गर्ने क्रम चलिरहेको नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले बताए।



    प्रतिपक्षी एमालेका सांसद र राणाले हरेक पानामा हस्ताक्षर चाहिन्छ भनेकाले लेखेका कुरा सुनाउँदै हस्ताक्षर लिँदै गएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार