Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चोलेन्द्रसँग बयान लिन सुरु, ६४ वटा प्रश्न तयार

    चोलेन्द्रसँग बयान लिन सुरु, ६४ वटा प्रश्न तयार

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 885
    SHARES

    फाइल फोटो

    काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ । जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो ।

    यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिन ढिलाई भएको थियो ।



    समिति सदस्य प्रमोद साहका अनुसार उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा सवाल सोधिनेछ । तीमध्ये २१ वटा प्रश्न बार एशोशिएशनले बुझाएको विवरणबाट छ ।



    आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा ११ बजे नै सिंहदरबार पुगेका थिए । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार