Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चोलेन्द्रलाई ‘क्लिन चिट’ दिने संसद सचिवालयका महासचिव गौतमलाई कारबाही गर्न बारको माग

    चोलेन्द्रलाई ‘क्लिन चिट’ दिने संसद सचिवालयका महासचिव गौतमलाई कारबाही गर्न बारको माग

    संसद सचिवालयबाट पत्र आउनु षडयन्त्रमूलक, अदालत पस्न दिदैनौं : सर्वोच्च बार

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 756
    SHARES

    काठमाडौं । संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई क्लिन चिट दिए लगत्तै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले उनै गौतममाथि कारबाही गर्न माग गरेको छ।

    बारका अध्यक्ष गोपाल कृष्ण घिमिरे र महासचिव अन्जिता खनालले संयुक्त विज्ञप्ति जारी गर्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निलम्बन पत्रलाई निष्प्रभावी बनाएको भन्दै गम्भीर ध्यानाकर्षणसहित कारवाहीको माग गरेको हो ।



    विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, ऐन, कानुन तथा संसदीय मूल्य-मान्यताको उल्लंघन भएको हुँदा सो पत्राचार गरिएको कार्यउपर नेपाल बार एसोसिएशन गम्भीर आपत्ति प्रकट गर्दछ ।



    त्यस्तो शून्यप्रभावी पत्र कार्यान्वयन नगर्न नेपाल बार एसोसिएसन सम्बद्ध निकायको ध्यानाकर्षण गर्दछ। संविधान, कानुन विपरित काम गर्ने त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्न बार माग गर्दछ।’

    यसैबीच सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको ‘क्लिन चिट’ षडयन्त्रमुलक भएको टिप्पणी गर्दै प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने बताए ।

    उनले भने, ‘संसद अधिवेशन बस्न बाँकी छँदै सचिवालयबाट बिचैमा यसरी पत्र आउनु भनेको षडयन्त्रमूलक कुरा हो । यो कुरा कानुन र संविधान अनुसार मिल्दैन ।

    किनभने महाअभियोगको प्रक्रियामा गइसकेपछि संसदले कुनै निर्णय नगरेसम्म त्यो निलम्बन फुकुवा हुँदैन भन्ने प्रष्ट व्यवस्था हुँदाहुँदै सचिवालयले यसरी षडयन्त्रमुलक चिठी लेखेको हामीलाई स्वीकार्य छैन । यो कुराले मान्यता पाउन सक्दैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार