Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चोलेन्द्रलाई ‘क्लिन चिट’ दिने संसदका महासचिव गौतम जवाफ तयार पार्दै

    चोलेन्द्रलाई ‘क्लिन चिट’ दिने संसदका महासचिव गौतम जवाफ तयार पार्दै

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 687
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘क्लिन चिट’ दिने संसद सचिवालयका महासचिव भरतराज गौतम महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्न जुटेका छन् ।

    शुक्रबार सर्वोच्च अदालतले के कति कारणले महाअभियोग निष्प्रभावी भएको पत्र लेखिएको हो भन्नेबारे जवाफ दिन संघीय संसदका महासचिवको नाममा समेत आदेश जारी गरेको थियो ।



    त्यस अनुसार महासचिव गौतम लिखित जवाफको तयारीमा जुटेका हुन् । शुक्रबार कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,



    डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।

    संवैधानिक इजलासले के कति कारणले पत्र लेखिएको हो भन्नेबारे जवाफ दिनसंघीय संसदका महासचिवको नाममा आदेश जारी गरेको थियो ।

    महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र गत बुधबार दिएका थिए । लगत्तै बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने भन्दै महासचिवलाई पत्र पनि लेखेको थियो ।

    उक्त पत्रको समेत जवाफ महासचिव गौत्तमले पठाएका छैनन् । प्रष्ट हुनुपर्ने भन्दै सर्वोच्चले महासचिवसित नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महाअभियोग निष्प्रभावी भएको भनेको सोधेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार