Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनकोशी मरिन डाइभर्सनको काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

    सुनकोशी मरिन डाइभर्सनको काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 228
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

    आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिए।



    प्रधानमन्त्री प्रचण्डले भने,’बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन् । समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।’



    आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न उनले निर्देशन दिए ।

    प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई मित्र अर्याललाई निर्देशन दिए ।

    डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।

    प्रधानमन्त्री प्रचण्डले आजै आयोजनाअन्तर्गतको सुरुङको ‘ब्रेक थ्रु’ गर्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार