Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वर्तमान सत्ता समिकरण पुरै अवधि चल्छ : प्रधानमन्त्री प्रचण्ड

    वर्तमान सत्ता समिकरण पुरै अवधि चल्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 228
    SHARES

    सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारलाई पूरै अवधि चल्ने बताएका छन्।

    सिन्धुलीको सुनकोशी गाउँपालिकामा बुधबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    आफू नेतृत्वको सरकारको काम सन्तोषजनक नभए पनि ठिकै प्रगति गरेको उनको भनाई छ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘अनेक गरिन्छ तर सरकारलाई पुरै अवधि लगिन्छ, दुविधा नरहोस् । विकास निर्माण, शिक्षा, स्वास्थ आदि क्षेत्रमा युगान्तकारी काम भएका छन्।’

    उनले नीति कार्यक्रम र बजेटमा नयाँ भरोसा स्थापित गर्ने प्रयास गरिरहेको र बजेटमार्फत् राहत र विकासको काममा नयाँ सम्बोधन हुने बताए।

    उनले माओवादी धाराका दलहरुको एकता संयोजन समिति बन्न लागेको जानकारी पनि कार्यकर्ता भेलामा गराएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार