Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चोलेन्द्रलाई ‘क्लिन चिट’ दिनु नै राजद्रोह हो : स्बरिष्ठ अधिवक्ता शम्भु थापा

    चोलेन्द्रलाई ‘क्लिन चिट’ दिनु नै राजद्रोह हो : स्बरिष्ठ अधिवक्ता शम्भु थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 747
    SHARES

     

    काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘क्लिन चिट’ दिनु राजद्रोह भएको बताएका छन् ।



    संघीय संसदका महासचिव महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै थापाले यस्तो आरोप लगाएका हुन् ।



    थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र र उनलाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव भरतराज गौतमबीच दूषित जालसाजीपूर्ण मिलेमतो रहेको आरोप लगाए ।

    उनले भने, ‘दुई जनाबीच दूषित जालसाजीपूर्ण मिलेमतो छ । पहिल्यै साँठगाँठ छ । नत्र कसरी दर्ता हुन्छ । यो राजद्रोह हो र संवैधानिक व्यवस्था खलल पार्ने काम हो ।’

    जबराले अख्तियार र सम्पत्ति शुद्धीकरणबाट बच्न खोजे : वरिष्ठ अधिवक्ता भट्टराई

    वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भविष्यमा अख्तियार र सम्पत्ति शुद्धीकरणका मुद्दाबाट बच्नका लागि अनधिकृत व्यक्तिबाट ‘क्लिन चिट’ लिएको बताएका छन् ।

    जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा बहस गर्दै भट्टराईले महाभियोग लागेका व्यक्तिलाई कुर्सीमा राख्न नमिल्ने बताएका हुन् ।

    सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई,

    अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त माग राख्दै रिट दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार