Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चितवन–२ मा रवि लामिछानेविरुद्व कालोमोसो अभियानका संयोजक थापाले उम्मेदवारी दिने

    चितवन–२ मा रवि लामिछानेविरुद्व कालोमोसो अभियानका संयोजक थापाले उम्मेदवारी दिने

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 459
    SHARES

    काठमाडौ । चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचनमा रवि लामिछानेविरुद्व  संयोजक शम्भु थापाले उम्मेदवारी दिने भएका छन् ।

    बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने उद्देश्यले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बनाएको कालोमोसो अभियानका चितवन संयोजक रहेका थापाले आज एक पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् ।



    रिक्त रहेको चितवन २ को प्रतिनिधि सभा सदस्यमा लड्न नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपाने र रास्वपाबाट रवि लामिछाने उम्मेदवार बन्दैछन् ।



    उपनिर्वाचन हुने चितवन २ सहित ३ ओटै क्षेत्रमा भोली सोमबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार