Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रवि लामिछानेका चालक थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

    रवि लामिछानेका चालक थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 687
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको अन्त्येष्टि गरिएको छ ।

    थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । थापाको अन्तिम बिदाईमा लामिछानेसहित रास्वपा नेताहरू आर्यघाट पुगेका थिए ।



    चुनाव प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर अचेत अवस्थामा फेला परेका थिए ।



    अचेत अवस्थामै काठमाडौं ल्याइएको थापाको ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार