Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सरकारले ‘नजरबन्द’मा राखेको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली चोलेन्द्र निवासमा

    सरकारले ‘नजरबन्द’मा राखेको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली चोलेन्द्र निवासमा

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 687
    SHARES

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा पुगेको छ ।

    जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।



    संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए ।



    तर, सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी उनको निवासमा खटाएको छ र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन ।

    यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार