Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चोलेन्द्र भन्छन् – सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ, सरकारले निवासमै रोकिदियो

    चोलेन्द्र भन्छन् – सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ, सरकारले निवासमै रोकिदियो

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् ।

    उनी बिहान ११ बजे सर्वोच्च जाने तयारीमा रहेपनि निवासमै रोकिएका हुन् ।



    राणाले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो।’



    निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको उनले बताए । बालुवाटार निवासमा प्रहरीको बाक्लो उपस्थित रहेको छ।

    यस्तै सर्वोच्च प्रशासनले पनि प्रहरीलाई निलम्बन फुकुवाको पत्र नपाएसम्म अदालतमा छिर्न नदिनु भन्ने निर्देशन प्रहरीलाई दिएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार