Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • के ओलीले पनि अर्को महाअभियोगको प्रस्ताव ल्याउलान् ?

    के ओलीले पनि अर्को महाअभियोगको प्रस्ताव ल्याउलान् ?

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

    एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार, भोलि (सोमबार) बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ। सत्ता गठबन्धनहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक बोलाइएको रिजालको भनाइ छ।



    अर्को महाअभियोगको प्रस्ताव 



    यता, गठबन्धनले प्रधानन्यायाधीश जबराविरुद्ध छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमाले अध्यक्ष ओलीले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेका छन् । ओलीनिकट नेताहरुका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुखविरुद्ध महाभियोग ल्याउने बारेमा निर्णय गर्न सक्नेछ ।

    दाेस्राे पटक प्रतिनिधिसभा विघटनलाई मान्यता नदिई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्ने गरी फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा.आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारी भएको स्रोतको भनाइ छ ।

    उनीहरूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर सुरु गरिएको बुझिएको छ । त्यसका लागि एमालेले सबै सांसदलाई काठमाडौं बोलाइसकेको स्रोत बताउँछ।

    यसअघि एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको टिप्पणी गरेको थियो । यस्तै, स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको र प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको एमालेको आरोप छ।

    आइतबार बिहान सत्ता गठबन्धनका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग दर्तासँगै जबरा स्वत: निलम्बनमा परेका छन्।

    यी हुन् राणामाथि महाअभियोग प्रस्तावक प्रतिनिधि सभासदस्यहरू

    कांग्रेसबाट

    जिपछिरिङ लामा, महेन्द्रकुमारी लिम्बू, डिला संग्रौला पन्त, रंगमति शाही, सरवत आरा खानम हल्वाईनी, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेकप्रताप शाह, पद्मनारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, सीताराम महतो, गगनकुमार थापा, भीमसेनदास प्रधान, देवप्रसाद तिमल्सिना, पार्वती डिसी चौधरी, राजेन्द्रकुमार केसी, सत्यनारायण शर्मा खनाल, विमला नेपाली, प्रकाश रसाइली स्नेही, देवेन्द्रराज कँडेल, रामबहादुर विष्ट, नमिता चौधरी, किशोरसिंह राठौर, शशांक कोइराला, स्मृतिनारायण चौधरी, सुजाता कोइराला, प्रमोदकुमार यादव, लक्ष्मी परियार, सञ्जयकुमार गौतम र हिरा गुरुङ।

    माओवादी केन्द्र

    अन्जना विशंखे, अमनलाल मोदी, अमृता थापा, इन्दुकुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, कृष्णबहादुर महरा, गंगाबहादुर तामाङ, गजेन्द्रबहादुर महत, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, चाँदतारा कुमारी, चुडामणि खड्का, छक्कबहादुर लामा, जयपुरी घर्ती, टेकबहादुर बस्नेत, दिलकुमारी साह, दुर्गाकुमारी विक, दुर्गाबहादुर रावत, धर्मशीला चापागाईँ, पूर्णकुमारी सुवेदी, मातृकाप्रसाद यादव, यशोदागुरुङ सुवेदी, रामकुमारी चौधरी, रामेश्वरराय यादव, रेखा शर्मा, वर्षमान पुन, विना मगर, शक्तिबहादुर बस्नेत, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, सत्या पहाडी, सन्तकुमार थारु, सुदन किराँती, सुरेन्द्रकुमार कार्की, सुरेशकुमार राई, सुरेशचन्द्र दास, हरिबोलप्रसाद गजुरेल, हरिराज अधिकारी, हितबहादुर तामाङ र हेमकुमार शर्मा

    नेकपा एकीकृत समाजवादी

    गोपालबहादुर बम, कृष्णलाल महर्जन, कल्याणी कुमारी, धनबहादुर बुढा, पार्वती कुजारी विशुंखे, सोमप्रसाद पाण्डे, कलिला खातुन, सरलाकुमारी यादव, मेटमणि चौधरी, पुष्पाकुमारी कायस्थ, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, बिनादेवी बुढाथोकी, समिता हुसेन, मुकुन्द न्यौपाने, निरादेवी जैरू।

    प्रधानन्यायाधीश जबरा निलम्बनमा 

    आइतबार बिहान सत्ता गठबन्धनका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी स्वत: निलम्बनमा परेका हुन्।

    महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका थिए ।

    संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः निलम्बित हुने व्यवस्था छ ।

    राणामाथि मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको, बिचौलियहरुसँग साँठगाँठ गरेकोलगायत दर्जनौं आरोप लागेका छन्। प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रै दिनदिनै आन्दोलन भइरहेको छ ।

    कार्कीले पाए कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    प्रधानन्यायाधीश राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन्।

    राणाविरुद्ध आइतबार सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाको अगुवाइमा ९८ जना सांसदहरुले महाअभियोग दर्ता गरेका थिए  । महाअभियोग दर्ताको पत्र बुझेपछि जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् । आइतबार दिउँसो आफूमाथि महाअभियोग लागेको पत्र बुझेलगत्तै राणा सर्वोच्चबाट बहिरिएका हुन्।

    जबरालाई विदा गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार नारायण पन्थी गेटसम्म आएका थिए । जबरा घर फर्किंदा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो ।

    महाअभियोग प्रस्तावमा राणाको कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोप  लगाइएको छ।

    साथै, तत्कालीन सशस्त्र प्रहरीका डीआईजी रन्जन कोइरालाको मुद्धामा पनि प्रधानन्यायाधीशले सरकारी प्रवक्ता जस्तो भई इजलाश बाहिर आफ्नो फैसलाबारे बोल्दै अदालतको गरिमा र पदीय मर्यादा विपरित कार्य गरेको उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार