Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महाअभियोग दर्ताबारे प्रचण्डले भने- गठबन्धनको सहमतिबाटै न्यायालयको निकास खोज्ने निर्णय गरेका हौं

जनकपुरधाम । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ताबारे मुख खोलेका छन्।

आइतबार मधेश प्रदेशमा जनयुद्ध दिवस मनाउनका लागि जनकपुरधाम आएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यसबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। प्रधानन्यायाधीश राणाले न्यायालयमा देखिएको समस्याको निकास नदिएपछि महाअभियोग लगाएको प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले न्याय क्षेत्रमा देखिएका अन्योल, अराजकता र बेथितीको निकास प्रधानन्यायाधीशले दिनुपर्ने भए पनि उनले निकास नदिएपछि संवैधानिक बाटोबाट निकास दिन लागेको बताए ।

‘न्यायालयको बेथितीका लागि मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै हुनुपर्छ । उहाँले नै निकास दिनुपर्छ, तर त्यस्तो स्थिति देखा परेन’ प्रचण्डले भने, ‘झन् झन् न्याय क्षेत्र विवादित हुने, अराजक हुने, अन्योलग्रस्त हुने देखिएपछि निकासका लागि गठबन्धनमा आम सहमति पनि भयो र हामीले त्यो दर्ता गर्‍यौं ।’

गठबन्धनको सहमतिबाटै महाअभियोग प्रस्ताव दर्ता गरिएको प्रचण्डको भनाइ छ । गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका थिए ।

महाअभियोगपछि प्रधानन्यायाधीश राणा स्वत: निलम्बित भएका छन् । राणाको निलम्बनसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077