Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० क्रिकेट शृंखला : नेपाल र आयरल्याण्ड आज भिड्दै

काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत आज नेपाल र आयरल्याण्ड भिड्ने भएका छन् ।

आयरल्याण्डसँग सोमबार हुन लागेको खेल नेपाली समयअनुसार अलअमरेत क्रिकेट स्टेडियममा पौने ४ बजे सुरु हुनेछ ।

टी–२० विश्वकप छनोटको तयारीको रुपमा यो शृंखला भइरहेको हो । नेपालले आज शृंखलाको अन्तिम खेल खेल्न लागेको हो ।

पहिलो खेलमा ओमानलाई हराएको नेपाल दोस्रो खेलमा यूएईसँग भने हारेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालले आयरल्याण्डलाई हराउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077