Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'एमालेले चार न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याए सभामुखले अस्वीकार गर्ने'

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने दाबी गरेका छन्।

सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले एमालेले संसद विघटनको मुद्दामा सर्वोच्चको निर्णय विपरित न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने दाबी गरे।

पौडेलले महाअभियोगको प्रस्ताव एमालेले ल्याए सभामुख अग्नीप्रसाद सापकोटाले संसदबाट अस्वीकार गरिदिने बताए। संसद विघटनको मुद्दामा आफूले हारेपछि सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग लगाउने कुरा सरासर गलत हुने उनको पौडेलको भनाइ छ।

'खैं, अब उहाँहरुले त्यो प्रस्ताव ल्याउनुहोला जस्तो लाग्दैन। त्यो प्रस्ताव ल्याउनुहोला भन्ने विश्वास छैन । र, एउटा कुरा के हो भने आफूलाई मुद्दा हराएवापत् महाअभियोग ल्याउन पाइदैन। त्यो चाँही सरासर अनुचित हो' पौडेलले भने, 'मुद्दाको हकमा सर्वोच्चको निर्णय नै अन्तिम हुन्छ। त्यसलाई चुनौति दिनु हुँदैन। त्यो मिल्दैन। त्यसकारण त्यसवापत्मा उहाँहरुले आफूहरुलाई मुद्दा हराएको भनेर महाअभियोगको प्रस्ताव लैजानु भयो भने त्यो प्रस्ताव सदन स्विकार गर्न सक्दैन। त्यो प्रस्ताव सदनको नेतृत्वले पनि अस्विकार गरिदिन सक्छ।’

पौडेलले प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए । जबरामाथि नेपाल बार एसोसिएसन र न्यायाधीशहरूले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराउनुलाई अस्वभाविक रुपमा लिन नहुने पौडेलको भनाइ छ ।

फरक प्रसङमा  पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताए । पछिल्लो समय सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी रोकेर राखेको भन्ने प्रश्नको जवाफमा भने, 'अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न । संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077