Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला : आयरल्यान्डसँग नेपाल १६ रनले पराजित

काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो ।

आयरल्यान्डले दिएको १२८ रनको सामान्य लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले सर्वाधिक २८ रन बनाए। उनले ३० बलमा १ चौका र १ छक्का बनाए। यस्तै, आसिफ शेखले २३ रन बनाउँदा कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीले १३ रन बनाए ।

त्यसअघि दीपेन्द्रसिंह ऐरीले करिअरको उत्कृष्ट बलिङ प्रदर्शन गरेपछिटस हारेर पहिले ब्याटिङको निम्तो आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रनमै समेटिएको थियो ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । युएईसँग २५ रनले पराजित भएको थियो । ग्लोबल छनोटका खेलहरु फागुन ६ गतेबाट सुरु हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077