Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देउवाले सभामुख सापकोटालाई भने-'संसद्मा विधेयकहरु अघि बढाउनु होस्'

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् ।

त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि विधेयकहरु संसदमा रोकिएको भन्दै पास गर्ने तर्फ लाग्न सभामुख सापकोटालाई सुझाव दिएका थिए ।

संसद्को गतिरोध र एमसीसीका बारेमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका थिए । सो बैठक प्रमुख प्रतिपक्ष दल एमालेले भने बहिस्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077